Logo

संसदीय विशेष समितिको प्रतिवेदन मान्य हुँदैन: ओली



काठमाडौँ, १४ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् ।

बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताए ।

शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाएका हुन् ।

संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्