Logo

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ



काठमाडौँ, ११ भदौ । प्रतिनिधिसभाको अन्तर्गतको संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

कृषि समितिको हलमा सोमबार साँझ आयोजित विशेष कार्यक्रमबीच नर्वनिर्वाचित १० वटै समितिका सभापतिहरुले सभामुख देवराज घिमिरेसामु पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथग्रहणलगत्तै नवनियुक्त सभापतिहरुले शपथपत्रमा हस्ताक्षर गरेका थिए । १० वटै समितिमा आज सर्वसम्मत सहमति जुटेपछि समितिले पूर्णता पाएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरे पनि अन्तिममा रास्वपाका गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिएपछि १० वटै समितिमा सर्बसम्मत सभापति चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्