काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् ।
सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका थिए । समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समितिको नेतृत्वसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् ।







