Logo

संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र



काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।

शुक्रवार परराष्ट्र मन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतवार समितिको बैठकमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्