काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् ।
समितिको सभाकक्ष सिंहदरबारमा आज बसेकाे बैठकमा परराष्ट्रनीति कार्यान्वयन र प्रधानमन्त्रीको निकट भविष्यमा हुने अमेरिका भ्रमण, एसपीपी विवादको सम्बन्धमा छलफल हुने कार्यसूची थियो । बैठकमा त्यसका जवाफका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो तर, उनी बैठकमा नगएका हुन् ।
यसअघि पनि प्रधानमन्त्री देउवा बजेट र एसपीपी विवादलगायतमा उठेका प्रश्नमा जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहे पनि व्यस्तता भन्दै अनुपस्थित भएका थिए ।