Logo

संसद्का दुवै सदनको बैठक बस्दै



काठमाडौँ, २० असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

उक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्