Logo

संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित



काठमाडौँ, १५ वैशाख । प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए । बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहने सदस्यका नाम मनोनित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्