काठमाडौँ, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताए ।
‘०७४ सालको निर्वाचनपछि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को पाँच वर्षे कार्यकाल हुन सकेन,’ उनले भने ।
उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्योलको बाटोमा गएको आरोप लगाए । संसद् भंगविरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाइ छ ।







