Logo

संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गरिने



काठमाडौं, १९ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै परित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट शिक्षा ऐन पारित गर्ने जानकारी दिनुभएको हो ।

सरकारले नीति तथा कार्यक्रममा शिक्षा सुधारको कानुनी र नीतिगत व्यवस्था गर्नेसमेत नीति ल्याएको छ ।

सरकारले नेपाल शिक्षक महासंघसँग शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने सहमतिसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्