Logo

संसद्‌को पहिलो बैठकमै एमसिसीविरुद्ध आवाज उठाउँछु: शाही



काठमाडौँ, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको पहिलो बैठकबाटै अमेरिकी सहयोग परियोजना (एमसिसी) विरुद्ध आवाज उठाउने बताएका छन् ।

शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बोल्दै नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकबाट एमसिसीविरुद्ध आवाज उठाउने बताएका हुन् ।

‘सदनको पहिलो बैठकमा एसमीसीविरुद्ध आवाज उठ्छ । वाइडवडी, एनसेल, मेलम्चीलगायतका ठूलाठूला काण्डविरुद्ध सदनबाट आवाज उठ्छ। देशलाई भ्रष्टाचारमुक्त बनाउन लडाइँ हुनेछ । हाम्रो लडाइँ शिक्षा रोजगारी सिर्जना गर्न हुनेछ। विदेशमा काम गर्न बाध्य छों । त्यसका लागि कस्तो नीति कानुन बनाउने, र नेपालमा कस्तो किसिमको आर्थिक नीति आवश्यक हुन्छ। जसले रोजगारी सिर्जना गर्ने र कार्यकर्तालाई उत्पादन नै नगर्ने किसिमको कानुन बनाउने छौं,’ उनले भने ।

उनले अहिलेको कानुनले भ्रष्टाचार नियन्त्रण नभएको उल्लेख गर्दै ठूलठूला काण्ड मच्चाउनेलाई पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्