काठमाडौँ, ३ चैत्र । राप्रपाका सांसद् ज्ञानेन्द्र शाही मदन भण्डारीको हत्याको छानबिन गर्न माग गर्नुभएको छ । आइतबारको संसद् बैठकमा बोल्दै उहाले मदन भण्डारीको हत्या गर्ने मान्छे पत्ता लगाउँछु भन्ने मान्छे देशको प्रधानमन्त्री हुँदा पनि पत्ता नलगाइएको भन्दै आपत्तिसमेत जनाउनु भयो।
‘मदन भण्डारी हत्या कसले गर्योरु हत्या गर्नेमान्छे पत्ता लगाउँछु भन्ने मान्छे अहिले देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारी हत्याको छानबिन गर्न कसले रोक्योरु यसको जवाफ चाहियो,’ उहाले भन्नुभयो। राष्ट्रपति र प्रधानमन्त्री पनि एमालेकै हुँदा र दुई तिहाइकै सरकार हुँदा पनि छानबिन नभएको प्रति उहाले जवाफ माग्नुभएको हो।
साथै, राजतन्त्र प्रति उठेका सवालमा जोड्दै उहाले हत्याराहरू माथि पुग्ने अवस्था प्रजातन्त्रमा आएको आरोप लगाउँदै जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्ने माग गर्नुभएके छ ।
जनताको हितका हुने व्यवस्था बनाउन राष्ट्रपतिको ठाउँमा राजा राखी राजासहितको प्रजातन्त्र आवश्य रहेको उहाले बताउनुभएको छ।