Logo

संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ?: लामिछाने



काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै मिटर ब्याज सम्बन्धी अध्यादेश शून्य अवस्थामा पुगेको हुँदा छोटो बाटोबाट छिटो ल्याउन माग गरेका थिए ।

“तीन दलले संसद् बन्धक बनाउन मिल्छ? हामी कतिपय एजेन्डामा सरकारसँग हुन्छौँ कतिपय एजेन्डामा प्रतिपक्षसँग,” उनले भने, “व्यवसायीको मुद्दा जोडिएको छ । व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको छ । त्यसका बारेमा बोल्न पर्दैन? माइतीघरमा लाइन लागेर बसेका विषयमा बोल्न मिल्दैन रु बाटो अवरुद्ध छ त्यसमा बोल्न मिल्दैन?”

प्रतिक्रिया दिनुहोस्