Logo

संसद्ले गति लिएको छ: सभामुख



सिन्धुपाल्चोक, ८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशनले गति लिइरहेको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित चौतारा बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुन: स्थापित सदनबाट नै विभिन्न विधेयक पारित हुँदै समस्याको सामाधन निस्केको उल्लेख गरेका छन् ।

सभामुख सापकोटाले एघारौँ अधिवेशनबाट दुई दर्जनभन्दा बढी विधेयक पारित भएको बताए । आफ्नो दुई कार्यकालमा कोरोना, जलवायु परिवर्तनका कारण परेका विपत्ति तथा दुई पटक संसद् विघटन भएका कारण अदालत जानुपर्ने अवस्था परेकाले पूर्ण रुपमा सभामुखको रुपमा परख परीक्षण हुन नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्