Logo

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौँ, ३१ भदौ । सरकारले शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्