Logo

संसद् अधिवेशन आजदेखि, तीन अध्यादेश पेस गरिने



काठमाडौं, १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ।

सिंहदरबारस्थित बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ। रामचन्द्र पौडेलले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।

बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।

आजको बैठकमा तीनवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा निर्वाचन तथा नेपाल विशेष सेवा सम्बन्धी संशोधन अध्यादेशहरू पेश गर्ने तयारी गरेका छन्।

त्यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनेछन्। साथै प्रतिनिधिसभाको कार्य सञ्चालनका लागि अस्थायी रूपमा नियमावली लागू गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

निर्वाचन परिणामअनुसार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत सिट जितेको छ भने नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूको पनि प्रतिनिधित्व रहे

प्रतिक्रिया दिनुहोस्