काठमाडौँ, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्तिबाहेकका काम हुन नसकेको टिप्पणी गरेका छन् ।
शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।
उनले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाएका थिए ।







