काठमाडौँ, २८ साउन । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।







