Logo

संसद् बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप



काठमाडौँ, ५ जेठ । सत्तारुढ नेपाली कांग्रेसले आजको संसद् बैठकमा उपस्थित हुन सांसदलाई ह्वीप लगाएको छ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन् ।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

त्यसपछि साँझ ६ बजे धन्यवाद ज्ञापनका लागि अर्को बैठक डाकिएको छ । दुवै बैठकमा उपस्थित हुन कांग्रेसले ह्वीप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्