काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले आज दिउसो १ः०० बजे बस्ने संसद् बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट गर्नेछन् ।
यसैगरी, अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।