काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने भन्दै उनले काठमाडौं मुलुकको महत्वपूर्ण ठाउँ भएको तर्क दिए ।
महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो। हामी सबैलाई विश्वास छ यो चुनावमा सिर्जना सिंहले विजय प्राप्त गर्नुहुनेछ। महानगरको नेतृत्व गर्नुहुनेछ।’
उनले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच दल एक ठाउँमा उभिएका पनि बताए।‘पाँच दलभित्र सबैको एक मत छैन तर संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ त्यही भएर हामी एक ठाउँमा आएका हौँ,’ केसीले भने । उनले नेकपा एमालेलाई एकाधिकार सत्ता चलाएकाहरुले गठबन्धनभित्र प्रहार गरिरहेको बताए ।