Logo

संसद बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरौंः ढकाल



काठमाडौँ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले सांसदहरूमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढेकाले बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरेका हुन् ।

उनले जारी अधिवेशनमा विधेयक ल्याउँद दुई-दुई पटकसम्म गणपूरक संख्या नपुगेको बताउँदै सांसदहरूको यस्तो प्रवृत्तिले बाहिर नराम्रो सन्देश जाने बताएका छन् ।

संसदमा हाजिर गरेर टाप कस्नेहरूले नै बाहिर निस्केर संसदीय मूल्य, मर्यादा र थितिका बारेमा बोल्दा सन्देश राम्रो नजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्