Logo

संसद बैठक २ बजेलाई सरे पनि दलहरु सहमतिमा नपुगेसम्म अनिश्चित



काठमाडौँ, ६ जेठ । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिदा प्रतिनिधि सभाको बैठक दिउसो २ वजेका लागि सरेको छ ।

छानविन समिति गठन सम्बन्धी कार्यदलको कार्यादेश– टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन प्र्रतिपक्षी दलहरुले सभामुख घिमिरेलाई आग्रह गरेका छन् ।

आज विहान ११ वजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको भएपनि समितिको कार्यादेश र दलहरु बीच सहमति नहुँदासम्म प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको आज विहान बसेको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख घिमिरेलाई विपक्षी दलहरुको बैठकमा भएको निर्णयबारे जानकारी गराउनु भएको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरवारमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्