भोजपुर, ४ भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार-संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।
षडानन्द नगरपालिका-११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै जातजातिको धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए ।
“यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति हुन्”, मुख्यमन्त्री राईले भने, “यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”







