काठमाडौँ, १७ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् ।
नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ ।






