काठमाडौँ, ३० चैत । सर्वोच्च शिखर सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा गएको हिउँपहिरोमा परेर बुधवार बिहानदेखि तीन जना शेर्पाहरू हराइरहेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।
ती शेर्पाहरू सगरमाथामा यो यामको आरोहण खुल्नु हुनुअघि आवश्यक सामान लिएर आधार शिविरबाट माथि गएका थिए । तर पहिलो शिविर नपुग्दै उनीहरू सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका हुन् ।
हिउँले पुरिएको हुनसक्ने र समय घर्किँदै गएका कारण उनीहरूलाई ‘जीवितै फेला पर्न सक्ने अवस्था अब नदेखिएको’ आइसफलमा आरोहीको बाटो व्यवस्थापन गर्ने जिम्मेवारी लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताएका छन् ।







