Logo

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ



 

सोलुखुम्बु, ४ कात्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ ।

सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् ।

यतिबेला सोलुखुम्बुको खुम्बुक्षेत्र पुग्ने पर्यटक दिनहुँ बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।

नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनु्सार होटल व्यवसायी निक्कै व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल लजहरु पर्यटकले नै भरिभराउ बनेका छन् ।

दशैँको बेला परेको झरीका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो ।

लुक्लामा अहिले दैनिक ३२ वटा भन्दा बढी उडान हुने नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए ।

प्रतिक्रिया दिनुहोस्