Logo

सगरमाथा चढ्न १३८ जनाले लिए अनुमति



काठमाडौँ, २२ चैत । सगरमाथा आरोहणका लागि यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

विभागका अनुसार यी आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

यो सिजनमा अहिलेसम्म सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्