Logo

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुधार्न धेरै मेहनत गर्नुपर्छ: पौडेल



काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताएका छन् ।

सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए र समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी समाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गरेका छन् ।

उनले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के-के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्