काठमाण्डाै, २५ माघ । सङ्कटा क्लबलाई हराउँदै भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले सङ्कटालाई ३–१ गोलले हरायो । थन्डरबोल्टका फ्रान्क्लिन कुटे टाला, करन राई र आदर्श तामाङले गोल गरे । सङ्कटाका मनिष पौडेलले गोल गरे । अब थन्डरबोल्टले क्वाटरफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ ।
प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।