Logo

सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता



सङ्खुवासभा, ३ असार । गएराति आएको बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् ।

हेवाखेलामा गएराति आएको बाढीका कारण हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढीले हाइड्रोपावरको चार पाँच वटा घर बगाएको छ । त्यही घरमा सुतिरहेका मजदुरहरु बाढीमा परेका हुन् ।

हेवा खोलामा अहिले पनि बाढी आइरहेको र पानी समेत परिरहेकाले बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बाढीले चैनपुर-४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्