Logo

सङ्खुवासभामा आगलागी: दुई वटा घरमा क्षती



सङ्खुवासभा, २४ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ मा दुई वटा घरमा आगलागी भएको छ ।

गएराति खाँदबारी नगरपालिका-४ मा रहेको भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङ र समग्र टोलका पर्शुराम दर्जीको घरमा आगलागी भएको हो ।

आगलागीबाट पवित्रा गुरुङको दुई वटा घरमध्ये एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने पर्शुराम दर्जीको ढुङ्गा, माटो र खरले छाएको तीन तले घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले स्थानीयको सहयोगमा केही समयपछि आगो निभाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्