Logo

सङ्घीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्नुपर्छ: ओली



विराटनगर, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवादसमेत दिए ।

अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा वसोवास गर्ने जनता नै भएको विचार राखेका थिए । संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्