जनकपुरधाम, १ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताएका छन् ।
सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले अहिलेको सङ्घीयता आम नागरिकले लडेर ल्याएको बताए ।
मुख्यमन्त्री यादवले पालिका चुनाव जितेका तथा प्रदेश र प्रतिनिधि सभामा चुनाव जितेका केही सांसदले सङ्घीयता चाहिँदैन भनिरहेको भन्दै सङ्घीयता उनीहरू कसैले दिएको भिख नभएको जिकिर गरे । उनले मधेसका नागरिक रहेसम्म सङ्घीयता रहिरहने दाबी गरेका छन् ।







