काठमाडौं, २२ चैत । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ। अर्याल यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका छन्।
उनको प्रस्तावक रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
यसैबीच, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे बस्नेछ। बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर, साथै अध्यक्षता गर्ने सदस्यहरूको नाम चयन गरिनेछ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।






