Logo

‘सङ्घीय संसद् भवनभित्रै पत्रकार भेटघाट कक्ष स्थापना गर्नुपर्छ’



काठमाडौँ, २५ माघ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उपाध्यक्ष नेम्वाङले यस्तो प्रस्ताव राखेका हुन् ।

संसद् भवनको मूल गेटमा पत्रकारहरू बन्दुक तेर्स्याएर जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर त्यो कक्ष बनाउन उपयुक्त हुने उनको भनाइ थियो ।

उनले त्यो कक्ष दलका नेता, सांसद र सङ्घीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने बताए ।

उपाध्यक्ष नेम्वाङले भने, ‘संसद् भवनको गेटभन्दा बाहिर क्यामेराको स्ट्यान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने । अलि कस्तो-कस्तो लाग्दो रहेछ त्यो । त्यस कारण प्रेस मिट रुमका लागि एउटा भवन बनाऔँ न । त्यो रुमले अरूलाई पनि सजिलो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्