काठमाडौँ, २२ असार । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ ।
बुधबार बालुबाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीहरूले मंसिर २ गते एकैचरणमा चुनाव गर्न सकिने सुझाव पेस गरेका हुन् ।
सरकारले अब आयोगको प्रस्तावअनुसार निर्णय गर्ने छ ।