Logo

सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता: कोइराला



नवलपरासी, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताए ।

“केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ”, नेता कोइरालाले भने, “स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ ।” उनले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्