Logo

सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर भ्रामक सामग्री फैलाउनेलाई कारबाही गर्न महासंघको माग



काठमाडौँ, ३ मंसिर । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशन नै नभएका विषयवस्तुलाई प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति निकालेर स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरेर झुटो समाचार बनाइ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक सञ्जालमा प्रयोग गर्नु साइबर अपराध समेत भएको महासंघले जनाएको हो ।

यस्ता घटनालाई नजिकबाट हेरिरहेको भन्दै महासंघले चुनावको संवेदनशील समयमा भएका यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न निर्वाचन आयोग, प्रेस काउन्सिल र प्रहरीको साइबर ब्युरोसँग आग्रह गरको छ ।

प्रतिक्रिया दिनुहोस्