Logo

सडकमै सुतेर राहत शिक्षककाे प्रदर्शन



काठमाडौँ, ८ असोज । राहत शिक्षकहरुले काठमाडौँको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

गएको असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्