काठमाडौँ, २१ पुस । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमनमा निस्किएका छन् ।
यसअघि सडक मर्मत संभार र व्यवस्थित गर्न दिएको निर्देशन कार्यान्वयन भए/नभएको बारे अनुगमन गर्न उनी बिहीबार सितापाइला आसपासमा गएका उनको सचिवालयले जनाएको छ ।
उनले मन्त्री भएलगत्तै उपत्यकाका सडकका खाल्डा पुर्न १५ दिन र देशभरीका खाल्डा पुर्न एक महिनाको समय तोकेर मातहतका निकायलाई निर्देशन दिएका थिए ।
अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतको सहभागिता रहेको थियो ।







