Logo

उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवको उम्मेदवारी दर्ता



काठमाडौँ, २७ फागुन । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहेका छन् । यस्तै उनको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन रहेका छन् ।

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताइन् । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्