सुर्खेत, ३ साउन । कर्णालीमा सरकार एकलौटी ढङ्गले अघि बढेको भन्दै सत्तापक्षकै सांसदले प्रदेश सभा बैठक बहिष्कार गरेका छन् ।
माओवादी केन्द्रका सांसदले सरकार प्रमुख सत्ता साझेदारविना एकलौटी ढङ्गले अघि बढेको भन्दै मङ्गलवारको प्रदेश सभा बैठक बहिष्कार गरेका हुन् ।
बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोपाल शर्माले सरकारले प्रमुख सत्ता साझेदार दललाई निषेध गर्न खोजेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाएका छन् । उनले अघिल्लो सरकारले सुरु गरेका महत्त्वपूर्ण कार्यक्रम र विधेयकलाई यो सरकारले बेवास्ता गरेको बताए ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू बैठकबाट उठेर बाहिरिएपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।







