काठमाडौँ, ५ असोज । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न बैठक बस्न लागेको होे।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन्।
यस्तै, बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने जनाइएको छ। प्रतिनिधिसभाको १६५ सिटमध्ये १०० सिटभन्दा धेरैमा गठबन्धनले सहमति जनाइसकेको छ।







