Logo

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा सोमवारसम्म गर्ने



काठमाडौँ, ४ वैशाख । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा सोमवारसम्म गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुङ्गो भोलिसम्म लगाउने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले आज बिहान छलफल गरेका थिए । पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुङ्गो लगाउने तयारी छ ।

सत्ता गठबन्धनले वैशाख ३० मा हुने पालिका निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाट र बाँकी पालिकाको भागबन्डा जिल्लास्तरबाट मिलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्