काठमाडौँ, १५ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बुधबार पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन प्रयास हुनेछ ।
कार्यदलको बैठक करिब तीन सातादेखि निरन्तर बसे पनि गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार हुन सकेको छैन ।







