Logo

सत्तारुढ दलका नेताहरु भारतसँग चुइँक्क बोल्न सक्दैन: ओली



काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो भूमिबारे चुइँक्क बोल्न नसकेको बताएका हुन् ।

दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको उनले दोहोर्‍याएका थिए । गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै ओलीले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्