Logo

सत्तारुढ दलबीच सहमतिः सबै स्थानीय तहमा गठबन्धन गरिने



काठमाडौँ, ७ वैशाख ।  सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।

आज  बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। ६ महानगर र ११ उपमहानगरमा दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्