Logo

सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ: अध्यक्ष नेपाल



काठमाडौँ, २२ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौँमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारूढ गठबन्धनलाई अगाडि बढाइएको उनको भनाइ छ ।

उनले भने, ‘यो गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिबद्धता गरेका छौँ ।’

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्