काठमाडौँ, २० वैशाख । सत्ता गठबन्धनका प्रमुख दलको बैठक बुधबार अपराह्न बस्ने भएको छ ।
उक्त बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल गर्ने तयारी छ । आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले आजको बैठकमा यो विषयमा पनि छलफल हुनेछ ।







