Logo

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

उक्त बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्